Skip to main content

Holiday

स्थानीय सार्वजनिक बिदा तथा पहिलो दिनको एकाइ परीक्षा स्थगन सम्बन्धमा।

May 25, 2026

सम्पूर्ण अभिभावकज्यूहरूमा विद्यालयको हार्दिक नमस्कार !

धनगढी उप-महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयको निर्णय अनुसार भोलि मिति २०८३/०२/१२ गते मङ्गलवारका दिन गङ्गादशहरा पर्वको उपलक्ष्यमा स्थानीय सार्वजनिक बिदा घोषणा भएकोले उक्त दिन यस विद्यालय पूर्ण रूपमा बन्द रहने व्यहोरा जानकारी गराइन्छ।

साथै, भोलि मिति २०८३/०२/१२ गते मङ्गलवारका दिन सञ्चालन हुने भनी पूर्व निर्धारित एकाइ परीक्षा (Unit Test) को पेपर उक्त दिन सार्वजनिक बिदा परेको कारण स्थगित गरी मिति २०८३/०२/१९ गते मङ्गलवारका दिन सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ। अन्य दिनको परीक्षा तालिका पूर्ववत् यथावत् रहनेछ।
अतः सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूले उक्त कुराको जानकारी राखी आ-आफ्ना बालबालिकालाई परीक्षाको तयारीमा सहयोग पुर्‍याइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

धन्यवाद !
प्रधानाध्यापक
वाल्मीकि इन्टरनेशनल स्कूल

← All notices School calendar